साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?

२ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसुचक १२.४७ अंकले २६३७.१३ विन्दुमा पुगेको छ । 

यस्तै, सेन्सेटिभ परिसुचक ०.७७ अंक घटेर ४७३.०४ विन्दुमा झरेको छ । 

बिहीवार कारोबारमा आएका २१६ ओटा कम्पनीको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर  ८० हजार १४१ पटक कारोबार हुदाँ  रू. ६ अर्ब ८१ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ ।   

यसदिन सर्वाधिक रकमको शेयर कारोबार जलविद्युत् लगानी तथा विकास कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ४६ करोड ७४ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य भने ७.८० प्रतिशत बढेर अन्तिम मूल्य रू. ५२५ कायम भएको छ ।

यो दिन बैंकिङ, वित्त र लगानी समूह बाहेकका सबै समूहको परिसूचक घटेको छ । यसदिन बैंकिङ समूहको ०.४ प्रतिशत, वित्त समूहको ०.३१ प्रतिशत र लगानी समूहको ०.१५ प्रतिशत परिसूचक बढेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया