प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि दोस्रो तहका नेतासँग भेटघाट तीव्र, आज गोकर्ण विष्टसँग भेट

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता गोकर्ण विष्टबिच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका हुन् ।

उनीहरु बीच लामै समय कुराकानी भएको स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गरेका थिए । तर छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।

भूसाल र भट्टराईसँग राति कुरा गरेका ओलीले शुक्रबार बिहान विष्टलाई छलफलमा बोलाएका हुन् । विष्टले बिहीबार दिउँसो ओली निकट नेता विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गरेका थिए ।

२७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया