मन्त्रिपरिषद्को आकष्मिक बैठक बस्दै

२ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।  प्रधानमन्त्रीले शनिवार साँझ ५ बजे मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका हुन् । 

सामान्यतया मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । तर  प्रधानमन्त्रीले जुन सुकै बेला मन्त्रिपरिषद्को बैठक बोलाउन सक्छन्।

आजको बैठकको एजेण्डाबारे मन्त्रीहरुलाई खबर नगरिएको बताईएको छ  । प्रधानमन्त्रीले संसदमा  विश्वासको मत लिने तयारी गरिरहेको बेला बोलाईएको आकष्मिक मन्त्रिपरिषद्को बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  आजको बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ।  

२ बर्ष अगाडि

प्रतिक्रिया