बिएण्डसीमा भेन्टिलेटर र आइसियूको अभाव नरहेको प्रसाईको भनाई

२ बर्ष अगाडि

झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का  बिरामीलाई उपचार गर्न  हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको  अभाव नरहेको जनाएको छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटर सहित आइसियू श्यया मध्ये २५ कोभिडका बिरामीलाई छुट्याइएको छ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी दशदिनभित्र प्लान्ट सुचारु हुने जनाएको छ । 

ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दूर्गा प्रसाईद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख  छ । आज मात्र काठमाडौँस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय  सङ्क्रमित दीपकराज आङदम्बेलार्ई ‘हवाई बेड लिफ्ट’ गरी  बिएण्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ ।  काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभावभएपछि ‘हवाई बेड लिफ्ट’ गरी सङ्क्रमितलाई धमाधम बिएण्डसी पु¥याउनेक्रम जारी रहेको  विज्ञप्तिमा उल्लेख छ । शुक्रबार  दाङ र पर्साका दुई सङ्क्रमितलाई सो बिएण्डसी अस्पतालमा लगिएको थियो । 

उनले विज्ञप्तिमा भनेका छन् “ कोरोना उपचारमा बिएण्डसी सरकारलाई सधै सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका सङ्क्रमितलाई उपचार गर्न  भेन्टिलेटर सहित (आइसियू तथा अक्सिजनको  अभाव नरहेको छैन । ” अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार  भेन्टिलेटर सहित आइसियूका लागि देशभरबाट बिएण्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो  छ  । उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया