नेपाल सेवा लघुवित्तले जेठ २४ गते डाक्यो साधारण सभा

२ बर्ष अगाडि

काठमाडौं, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा जेठ २४ गते डाकेको छ ।

सभा बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुने भएको छ । 

सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ । साथै सभाले एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनसमेतको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान अनुपात तथा मर्जर प्रस्ताव पनि पारित गर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया