राष्ट्र बैंकले १३.७४ अर्ब  बराबरको ट्रेजरी विल विक्री गर्दै

२ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले  रू। १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल विक्री गर्ने भएको छ । 

भोलि (मंगलवार) जारी हुने यस ट्रेजरी विलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

राष्ट्र बैंकले ९१ दिनको लागि रू। २ अर्ब बरावरको ट्रेजरी विल जारी गर्न लागेको हो । यस ट्रेजरी विल आगामी भदौ १ गते परिपक्व हुनेछ ।

त्यसैगरी राष्ट्र बैंकले १८२ दिनको लागि रू. ९ अर्ब ८५ करोड बरावरको ट्रेजरी विल जारी गर्न लागेको छ ।  यो बिल कात्तिक ३० गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

त्यस्तै १ वर्षको लागि रू १ अर्ब ८९ करोड बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो  । यो ट्रेजरी विल विसं २०७९ आगामी जेठ ३ गते परिपक्व हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया