लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ २८ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

२ बर्ष अगाडि

काठमाडौं, लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न जेठ २८ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश गरि १० प्रतिशत लाभांश पारित गर्नेछ।

सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गर्ने भएको छ। त्यस अनुसार जेठ १३ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन्।

२ बर्ष अगाडि

प्रतिक्रिया