नौ महिना साढे १३ करोड भन्दा बढी नोक्सानमा सोल्टी होटल, प्रतिशेयर आम्दानी कति ?

२ बर्ष अगाडि

काठमाडौं,  सोल्टी होटलले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय सार्वजनिक गरेको छ ।  सोल्टी होटल चैत मसान्तसम्म १३ करोड ६६ लाख ३८ हजार रुपैयाँ खुद नोक्सानमा गएको छ । गत वर्षको यसै अवधिमा भने १४ करोड ५ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

कोरोनाका कारण पर्यटक आवागमन बन्द भएपछि प्रत्यक्ष प्रभाव होटलको आम्दानीमा परेको छ ।

चैत मसान्तसम्म सोल्टीको आम्दानी ७३.५४ प्रतिशतले घटेर ३० करोड ८७ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नोक्सान १३ करोड ६२ लाख २७ हजार रुपैयाँ रहेको छ । 

यस्तै, चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ६७ करोड ५ लाख ६७ हजार रुपैयाँ छ ।

गत वर्ष रिजर्भमा ९५ करोड ३० लाख ११ हजार रुपैयाँ रहेको थियो । यो होटल प्रतिसेयर १ रुपैयाँ ६२ पैसा नोक्सानमा छ । गत वर्ष यसै अवधिमा भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ९२ पैसा थियो । प्रतिशेयर नेटवर्थ पनि २३ रुपैयाँ १ पैसाबाट घटेर १७ रुपैयाँ ९६ पैसामा आएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया