आइपीओ निष्कासन प्रस्ताव पारित गर्न सानिमा लाइफले बोलायो साधारण सभा, कहाँ र कहिले ?

२ बर्ष अगाडि

काठमाडौं, सानिमा लाइफ इन्सुरेन्सले तेस्रो वार्षिक साधारण सभा जेठ २३ गते बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको हो । सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जनाएको छ । 

सभामा आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गरिने  छ । सो सम्बन्धि कार्य गर्नका लागी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।  सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ ।
 
साथै, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 
 
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया