कृषि विकास बैंकले ४ प्रतिशत ब्याजदरमा ४ अर्ब  बराबरको ऋणपत्र जारी गर्दै

२ बर्ष अगाडि

काठमाडौं, कृषि विकास बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री धितोपत्र बोर्डमा आवेदन दिएको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले ८–९ वर्ष अवधिको वार्षिक ४ प्रतिशत ब्याजदरमा कृषि डिबेन्चर नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले रहेको छ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
 
केही  समयअघि मात्र कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । धितोपत्रबाट अनुमति पाएपनि बैंकले हालसम्म यो ऋणपत्र निष्कासन गरेको छैन । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये २४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
 
बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।  ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याजदर रहेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । 
 
 

२ बर्ष अगाडि

प्रतिक्रिया