काठमाडौ कारोबारको अन्तिम दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३.१४ अंकले घटेर २७७७.६७ विन्दुमा पुगेको छ ।
एक घण्टाको अवधिमा कारोबारमा आएका १९७ ओटा कम्पनीको ४२ लाख ८५ हजार ५५ कित्ता शेयर कारोबार हुदाँ रु.१ अर्ब ९८ करोड ९४ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार र विकास बैंक समूहको परिसूचक बढेको छ भने बाँकी होटल्स तथा पर्यटन, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। १३ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३४३ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया