युनियन लाइफको आइपीओलाई आइआर बीबीबी रेटिङ

शुक्रबार, ०७ जेठ २०७८, १२ : ०९

काठमाडौं, युनियन लाइफ इन्सुरेन्सले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले यस आइपीओलाई आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । 
 
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन गर्ने तयारी गरे पनि कम्पनीले अहिलेसम्म धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । धितोपत्र बोर्डमा आवेदन दिएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ । 
 
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । 

शुक्रबार, ०७ जेठ २०७८, १२ : ०९

प्रतिक्रिया