हिमालयन जनरलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, ११ जेठ २०७८, ११ : ३६

काठमाडौं, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.७५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा प्रयोजनका लागि जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ । 

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको जनाएको छ । 

कम्पनीले आर्थिक वर्ष ०७६र ७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

मंगलबार, ११ जेठ २०७८, ११ : ३६

प्रतिक्रिया