काठमाडौं, एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा जेठ १० गते केन्द्रीय कार्यालयमा भचृूअल माध्यमबाट सम्पन्न भएको हो । सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
८ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १८ करोडभन्दा बढी पुग्नेछ ।
गत आवको तेस्रो त्रैमाससम्ममा रू. १३ करोड ३३ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १४ करोड ८२ लाख ८७ हजार नाफा गरेको छ ।
प्रतिक्रिया