बैंकहरुको ऋण लागानी बढ्यो

मंगलबार, ११ जेठ २०७८, १४ : ५३

काठमाडौं– अघिल्लो साता सुस्ताएको ऋण लगानी यो साता बढेको छ । यो साता बाणिज्य बैंकहरुले ५ अर्ब ऋण लगानी गरेका छन् । जेठ सात गतेसम्म आइपुग्दा कुल ऋण लगानी ३६ खर्ब १६ अर्ब पुगेको छ । गत सातासम्म यस्तो ऋण प्रवाह ३६ खर्ब ११ अर्ब रुपैयाँ थियो ।

निषेधाज्ञा शुरु भएको एक सातामा बैंकहरुले १५ अर्ब ऋण प्रवाह गरेका थिए भने त्यसपछि ऋण लगानी सुस्तायो । बैशाख २४ सम्म आइपुग्दा  २ अर्ब रुपैयाँमात्र ऋण प्रवाह भयो । तर अहिले फेरि बढेको छ । यो साता निक्षेप संकलन ६ अर्ब भएकोमा बैंकहरुले ५ अर्ब ऋण लगानी गरे । हालसम्म बाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ६१ अर्ब पुगेको बैंकर्स संघले जनाएको  छ । निषेधाज्ञा भएको साता १० अर्ब निक्षेप संकलन भएको थियो । त्यसपछिको साता पनि २२ अर्बले निक्षेप बढेको थियो । 

मंगलबार, ११ जेठ २०७८, १४ : ५३

प्रतिक्रिया