एनआईसी एशिया बैंकको नयाँ सुविधा : प्रिपेड डलर कार्ड लिन अनलाइनमार्फत आवेदन

बुधबार, १२ जेठ २०७८, ०६ : ५६

काठमाडौं - एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्ड लिन अनलाइनमार्फत आवेदन दिन सकिने भएको छ । 

बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको हो ।

यो सुविधा ग्राहकहरूले जुनसुकै स्थानबाट एवं जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ ९एनआईसी एशिया मोबैंकिङ० एपमा रहेको आईसर्भ प्लेटफर्ममार्फत उपभोग गर्न सकिनेछ ।
 
भिसा नेटवर्कमा आधारित हुने यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन खरिदमा भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सकिनेछ ।
 
बैंकका ग्राहकहरुले बैंकको ‘सेल्फ हेल्प बैंकिङ प्लेटफर्म आईसर्भ’ भित्र कार्ड सर्भिसमा क्लिक गरी ‘डलर कार्ड रिक्वेस्ट’मा गई आफ्नो नाम, खाता नम्बर, मोबाइल नम्बर एवं इमेल आइडी र प्यान नम्बर उल्लेख गर्नुपर्नेछ ।
 
उक्त विवरण भरेपछि ग्राहकको मोबाइल नम्बरमा ‘ओपीटी’ मा प्राप्त हुने र उक्त ओपीटीमा राखेर आफ्नो आवेदन भेरिफिकेसन गर्न सकिनेछ। तत्पश्चात् ग्राहकले आफूलाई आवश्यक परेको डलर रकम न्यूनतम २५ डलर देखि अधिकतम ५०० डलर बराबरको रकम कार्डमा लोड गर्न सकिनेछ ।
 
यसरी रकम लोड गरेपछि आफूलाई पायक पर्ने यस बैंकको शाखा छनौट गरी कार्डको लागि आवेदन पूरा हुनेछ । यसरी प्राप्त आवेदनको आधारमा बैंकले डलर कार्ड तयार गरी सम्बन्धित ग्राहकलाई एसएमएस मार्फत जानकारी गराउनेछ र उक्त कार्ड निजले छनौट गरेको शाखा कार्यालयबाट बिना अतिरिक्त कागजी प्रक्रिया लिन सकिनेछ ।
 
ग्राहकलाई यस कार्ड सुविधा अझ बढी सुलभ बनाउनका निमित्त बैंकले हाल शुल्क रू. ३५० कायम गरेको छ।
 
 

बुधबार, १२ जेठ २०७८, ०६ : ५६

प्रतिक्रिया