काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । यसकोे लागि कम्पनीले तेस्रो वार्षिक साधारण सभाको आह्वान गरेको छ ।
कम्पनीको जेठ १० गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा असार ४ गते शुक्रबार, कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट दिउँसो १ बजे सुरु हुनेछ ।
सभाले सर्वसाधारणलाई छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ । त्यसैगरी, सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरिनेछ ।
प्रतिक्रिया