आइएमई जनरल इन्स्योरेन्सले पायोे हकप्रद निष्काशनको अनुमति

बुधबार, १२ जेठ २०७८, ०९ : १२

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई बीमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । 

कम्पनीको गत बैशाख १२ गते सम्पन्न २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित भएको थियो । साधारणसभाबाट प्रस्ताव पारित गरिसकेकोले स्वीकृति प्रदान गरिएको समितिले जनाएको छ ।

बिमा समितीबाट हकप्रद निष्काशनको अनुमति पाएपछि अब aकम्पनीले अन्तिम स्विकृतिका लागि धितोपत्र बोर्डमा निवेदन दिने छ । धितोपत्रबोर्ड बाट हकप्रद निष्काशनको अनुमति पाएपछि यो कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले ४० कित्ता हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् । 
 

बुधबार, १२ जेठ २०७८, ०९ : १२

प्रतिक्रिया