एनएमबि बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट

बुधबार, १२ जेठ २०७८, ११ : ०४

काठमाडौं,  एनएमबि बैंकको ऋणपत्र मंगलवार बाँडफाँट भएको छ । कम्पनीले १० वर्ष अवधिको ८.५ प्रतशित व्याजदरको ऋणपत्र निष्कासन गरेको हो । 

कम्पनीले रू. १ हजार प्रति ऋणपत्रका दरले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र जेठ २ गतेदेखि ५ गतेसम्म विक्री खुला गरेको थियो । 

कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरेको छ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।

कम्पनीको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

बुधबार, १२ जेठ २०७८, ११ : ०४

प्रतिक्रिया