सिटिजन्स बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सले बोलायो विशेष साधारण सभा, कहिले  ?

२ बर्ष अगाडि

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल र सिर्जना फाइनान्सले विशेष साधारण सभा बोलाएका छन् । यी दुबै कम्पनीले प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम रुप दिन जेठ २७ गते विशेष साधारण सभा बोलाएका हुन् ।

मंगलबार यी दुबै कम्पनीले प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेपछि विशेष साधारण सभा आह्वान गरेका छन् । दुवै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुबै कम्पनीले आ–आफ्नो केन्द्रीय कार्यालयमा वेबिनारमार्फत सो सभा सञ्चालन गर्न लागेको हुन् । दुबैको सभा बिहान ९ बजे शुरु हुनेछ । सभाले सिर्जना फाइनान्सको एकसय कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर दिने गरी शेयर मूल्य अनुपात कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, एक्विजिशनपश्चात सिटिजन्सको पूँजी बृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । विशेष साधारण सभा प्रयोजनार्थ सिटिजन्सले जेठ २१ गते एक दिन र सिर्जनाले जेठ १८ गते एक दिन बुकक्लोज गर्ने भएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया