रिलायबल नेपालले आईपीओ जारी गर्न डाक्यो साधारण सभा, कहाँ र कहिले ?

२ बर्ष अगाडि

काठमाडौं, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते शुक्रबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान १ः०० बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बरारबरको ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया