कुमारी इक्वीटी फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ३४ पैसा पुग्यो

२ बर्ष अगाडि

काठमाडौं - कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ३४ पैसा पुगेको छ । कम्पनीले सार्र्वजनिक गरेको २०७८ साल वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरणले यस्तो देखाएको हो । 

वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ३४ पैसा पुगेको हो । उक्त मूल्य चैत्र मसान्तको तुलनामा ७ पैसाले बढेको हो । चैत्र मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ २६ पैसा रहेको थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ४० करोड ७१ लाख ४७ हजार रूपैयाँ पुगेको छ । उक्त लगानी चैत्र मसान्तको तुलनामा ३ करोड रूपैयाँ भन्दा धेरै हो । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ३७ करोड ३६ लाख ९९ हजार रूपैयाँ लगानी गरेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया