प्राइम बैंकको वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

२ बर्ष अगाडि

काठमाडौं– प्राइम कमर्सियल बैंकले वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । एक समारोहका बीच ३० लाख रुपैयाँ बराबरको  स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकका संचालक मनोज पौडेलले अस्पतालका प्रमुख प्रशासकिय अधिकृत डा.जागेश्वर गौतमलाई विविध स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । 

कोभिड–१९ महामारीको दोस्रो लहरबाट आक्रान्त बनेको जटिल परिस्थितिमा बैंकले अस्पताललाई करिव ३० लाख रुपैयाँ बराबरको पि।पि।इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ सामग्रीहरु प्रदान गरेको छ । 

यसअघि बैंकले सुदुर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताललाई ६० थान र महाकाली अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया