लुम्बिनी जनरल इन्स्योरेन्सकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागि हुन सक्नेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको वार्षिक साधारण सभा जेठ २७ गते हुनेछ । 

सभाले कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज९विहिबार० अन्तिम दिन रहेको छ । अर्थात आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया