सिद्धार्थ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साथै आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारणस भामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज सम्म नेप्सेमा कारोबार भइ  कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।  

कम्पनीको १९औँ वार्षिक साधारण सभा जेठ २८ गते काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । 

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशतले हुन आउने बोनस सेयर र ३.७८ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया