एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२ बर्ष अगाडि

काठमाडौं - एनएमबि बैंकले जेठ ९ गतेदेखि बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताहरुले आज कार्यालय समयभित्र उक्त ऋणपत्रमा आवेदन दिन सकिनेछ । 

बैंकले जेठ ९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्नेछ  ।

बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत – २०९२-९३’ जारी गरेको हो । यसमा वार्षिक ४ प्रतिशत ब्याजदर रहनेछ  । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्  ।

२ बर्ष अगाडि

प्रतिक्रिया