आजबाट महुली लघुवित्तको संस्थापक सेयर लिलामीमा

२ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला भएको छ ।

संस्थाले ५६ हजार २ सय ७० कित्ता कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त सेयरको न्युनतम मूल्य ८ सय रूपैयाँ तोकिएको छ । 

लगानीकर्ताले आज बाट जेठ ३१ गतेसम्म न्युनतम ५ सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया