नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तले पायो सैद्धान्तिक स्वीकृती

२ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई सैद्धान्तिक स्वीकृती दिएको छ ।  

बैंकले जेठ ११ गते यी २ संस्थालाई सैद्धान्तिक स्वीकृती प्रदान गरेको हो । अब यी दुवै संस्थाले आ-आफ्नो विशेष साधारण सभाबाट मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरी अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएर स्वीकृती पाएपछि एकीकृत काराबोर सुरु गर्न सक्नेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया