एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई न्याभ १६ रुपैयाँ २९ पैसा

२ बर्ष अगाडि

काठमाडौं,  वैशाख मसान्तसम्म आइपुग्दा एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १६ रुपैयाँ २९ पैसा छ ।  अघिल्लो महिना यसको न्याभ १६ रुपैयाँ ५५ पैसा थियो । फन्डको न्याभ अघिल्लो महिनाको भन्दा २६ पैसाले घटेको हो । 

एक महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी ३ करोड ४७ लाख ३६ हजार रुपैयाँले घटेर ६४ करोड ६५ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । चैतमा सूचीकृत कम्पनीको सेयरमा लगानी ६८ करोड १२ लाख ७४ हजार रुपैयाँ थियो । 

यसअवधिमा फन्ड ६८ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ५२ हजार ५१९ कित्ता सेयरमा ६ करोड ६५ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया