सिटिजन्स म्युचुअल फन्ड–१ को न्याभ १४ रुपैयाँ ६१ पैसा

२ बर्ष अगाडि

काठमाडौं,  सिटिजन्स म्युचुअल फन्ड–१ को वैशाख मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १४ रुपैयाँ ६१ पैसा रहेको छ ।  चैतमा यसको न्याभ १० रुपैयाँ ८० पैसा थियो । यो अघिल्लो महिनाको भन्दा १९ पैसाले मात्रै थोरै हो ।

यता फन्डले वैशाख मसान्तसम्म ८२ करोड २९ लाख ६६ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।
यसले चैतमा ८३ करोड ४४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । सिटिजन्स म्युचुअल फन्ड–१ ले वैशाखसम्म कुल ११० वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ ।

जसमा सबैभन्दा धेरै नबिल बैंकको ४५ हजार ८३९ कित्ता सेयरमा ५ करोड ८० लाख ७८ हजार १३ रुपैयाँ लगानी छ । वैशाखसम्म आइपुग्दा यस फन्डको बैंक मौज्दात पनि घटेर २४ करोड ३४ लाख रुपैयाँमा झरेको छ । चैतमा यसको बैंक मौज्दातमा २५ करोड ५० लाख रुपैयाँ रहेको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया