मल्टीपर्पस फाइनान्सको  साधारण सभा असार ६ गते, बुकक्लोज कहिले ?

२ बर्ष अगाडि

काठमाडौं,  मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ । 

सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा हुने छ । 

सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछन् । साथै सभाले आव २०७७÷७८ को लागि लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गर्नेछ । 
 
साधारण सभा प्रयोजनको लागि बुकक्लोज जेठ २४ गते एक दिन बन्द हुनेछ । जेठ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया