काठमाडौं - प्रभु सेलेक्ट फण्डको बाँडाफाँड सम्पन्न भएको छ । प्रभु सेलेक्ट फण्डमा आवेदन दिने ८५ हजार ५ सय ५५ आवेदक मध्ये दोहोरो आवेदन तथा अन्य कारणबाट आवेदन रद्ध भएका बाहेक ८२ हजार १ सय ५२ जना आवेदकहरु सबैलाई प्रभु सेलेक्ट फण्डको इकाई बाँडफाँड गरिएको छ ।
न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबै आवेदन अनुसार कै इकाईहरु बाँडफाँड गरिएको छ । साथै १० लाख इकाई माथि आवेदन गर्ने आवेदकहरुका लागि बराबरी रुपमा इकाईहरु बाँडफाँड गरिएको छ ।
जेष्ठ ५ गते देखि ९ गते सम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन गरिएकोमा निष्काशनको करिब २ गुणा बढि सम्म आवेदन परेको थियो ।
स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोडको भएको छ । सो मध्ये सर्वसाधारण लगानीकर्ताहरुलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ ।
फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु। १७ करोड ५० लाख बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु। १ करोड २५ लाख वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको हो ।
प्रतिक्रिया