काठमाडौैं - चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगी वित्तीय पहुँच विस्तार भएको छ । अब मात्रै तीन वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको छ ।
चालु आवको फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि भई रु ४२ खर्ब ६० अर्ब ४७ करोड र कर्जा प्रवाह १७।५ प्रतिशतले वृद्धि भई रु ३८ खर्ब ४६ अर्ब ३१ करोड पुगेको अर्थमन्त्रालयले जनाएको छ ।
महामारीमा पनि आर्थिक गतिविधि चलायमान बनाउन कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ । ऋणीहरूलाई चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत फागुन मसान्तसम्म रु एक खर्ब दुई अर्ब ४० करोड बीमाशुल्क सङ्कलन भएको छ ।
प्रतिक्रिया