काठमाडौ - एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको ४ लाखभन्दा बढी कित्ता संस्थापक सेयर आजबाट लिलामीमा बिक्री खुल्ला भएको छ ।
संस्थाले बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य ४ सय ७७ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले उक्त सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया