काठमाडौं - नेपाल राष्ट्र बैंक लिमिटेडले २४ करोड ९३ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
बैंकले एक सूचना मार्फत बैंकको विभिन्न कोषहरूमा रहेको उक्त रकम ३६५ दिनका लागि ९२०७८ साल असार १ गतेदेखि २०७९ साल जेठ ३१ गतेसम्म० बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १९ करोड ९६ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ७३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड २४ लाख रुपैयाँ गरी कूल २४ करोड ९३ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले जेठ १८ गते, २ बजेदेखि जेठ १९ गते, २ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया