४० बीमा कम्पनीद्धारा १ खर्ब २३ अर्ब ५१ करोड बीमा शुल्क संकलन, कुनको कति ?

सोमबार, १७ जेठ २०७८, ०७ : ०८

काठमाडौं - चालु आर्थिक वर्षको दश महिनामा सञ्चालनमा रहेका ४० बीमा कम्पनीले १ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको वैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।  

तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले कुल एक खर्ब २३ अर्ब ५१ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुले प्रिमियम बापत कुल ९८ अर्ब ८९ करोड लाख रुपैयाँ संकलन गरेका छन् भने निर्जीवन बीमातर्फ कुल २४ अर्ब ६२ करोड रुपैयाँ संकलन भएको समितिले जनाएको छ । 

वैशाख महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ५ अर्ब २० करोड र निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ७२ करोड रुपैयाँ गरी कुल ६ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जीवन बीमा अन्तर्गत नेपाल लाइफले सबैभन्दा धेरै २६ अर्ब ८४ करोड बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सले ३ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

नेपाल लाइफले बैशाखमा १ अर्ब ४७ करोड र शिखरले २३ करोड रुपैयाँ बीमाशुलक संकलन गरेको छ । जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफपछि धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्मा १४ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, नेशनल लाइफले ९ अर्ब २६ करोड, राष्ट्रिय बीमा सस्थानले ७ अर्ब १८ करोड, युनियन लाइफले ५ अर्ब ४१ करोड, एशियन लाइफले ४ अर्ब ९० करोड, मेट लाईफले ४ अर्ब ३६ करोड, सुर्याले ३ अर्ब ४१ करोड, प्राईमले ३ अर्ब २७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसैगरी निर्जीवन बीमा कम्पनीतर्फ शिखरपछि सगरमाथा, नेको, सगरमाथा, सिद्धार्थ, प्रभु, नेपाल, प्रिमियर, लुम्बिनी, एनएलजी, आईएम जनरल, प्रुडेन्सियल र अजोड इन्स्योरेन्सले एक अर्ब भन्दा माथि बीमा शुल्क उठाएका छन् ।

यूनाइटेड, ओरियन्टल, हिमालयन, एभरेष्ट, नेशनल, जनरल, सानिमा जनरल इन्स्योरेन्सले अर्ब भन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

सोमबार, १७ जेठ २०७८, ०७ : ०८

प्रतिक्रिया