काठमाडौं– प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएके छ । साढे ८ प्रतिशत वार्षिक ब्याजदर रहेको ऋण्पत्र बैंकले गत जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।
ऋणपत्र–२०८७’ नामक सो ऋणपत्रमा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ मूल्य तोकी ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको हो। जसमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १५ लाख ९७ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
१० वर्ष अवधि रहेको ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।
आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने छ।बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
यस अघि जेठ १६ गते सम्म मात्र आवेदन दिने समय तोकिएको थियो ।
प्रतिक्रिया