११ अर्बको हकप्रद शेयर बिक्री गर्न एचआईडिसिएलले तोक्योे बुकक्लोज मिति

सोमबार, १७ जेठ २०७८, १२ : ०८

काठमाडौं - जलविद्युत लगानी तथा विकास कम्पनी ९एचआईडिसिएल० ११ अर्ब रुपैयाँको हकप्रद शेयर बिक्री गर्नका लागि शेयर दाखिल खारेजी ९बुकक्लोज० मिति तोकेको छ ।

कम्पनीले जेठ ९ गते आइतबार नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाएसँगै हकप्रद निष्काशनको मिति तोकेको हो । कम्पनीले जेठ २८ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । 

जस अनुसार जेठ २७ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र कम्पनीले जारी गर्ने हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

सोमबार, १७ जेठ २०७८, १२ : ०८

प्रतिक्रिया