गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश, १४ वर्षको अवधीमा १० अर्ब बढिको जीवन बीमा कोष

सोमबार, १७ जेठ २०७८, १३ : ३१

काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा  व्यवसाय सुरु गरेको थियो । वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । 

साथै आम जनताहरुमा बीमाको पहुँच पु¥याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवा मार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्ब भन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३ वर्ष पूरा गरी १४ औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीमा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ । 


 

सोमबार, १७ जेठ २०७८, १३ : ३१

प्रतिक्रिया