आईएमई लाइफ इन्स्योरेन्सद्वारा पाँच लाख मृत्युदावी रकम प्रदान

सोमबार, १७ जेठ २०७८, १४ : ०२

ताप्लेजुङ - आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे शाखा ताप्लेजुङले मृतकका परिवारलाई मृत्युदाबी रकम उपलब्ध गराएको छ । 

मेरिङ्देन गाउपालिका–५ थुकिमाका बीमाकर्ता पेमा खाण्डु शेर्पाको मृत्यु भएपछि उनका परिवारलाई मृत्युदाबी रकम कम्पनीले उपलब्ध गराएको हो ।

ताप्लेजुङका शाखा प्रमुख ङिमा शेर्पाका अनुसार मृतक शेर्पाका श्रीमती पासाङफुटी शेर्पालाई पाँच लाख ६ हजार ५०० रुपैयाँ बराबरको चेक आइतबार हस्तान्तरण गरिएको हो । 

बिमितको मृत्युदावी बापतको उक्त रकम बराबरको चेक मृतकको घरमै पुगेर उनका परिवारलाई हस्तान्तरण गरिएको शाखा प्रमुख शेर्पाले जानकारी दिए ।

सोमबार, १७ जेठ २०७८, १४ : ०२

प्रतिक्रिया