नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्न  हिमालयन रि इन्स्योरेन्सलाई अनुमति

सोमबार, १७ जेठ २०७८, १६ : ४०

काठमाडौं, बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि हिमालयन रि इन्स्योरेन्सलाई अनुमति दिने भएको छ । नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि आवेदन दिएका पाँच कम्पनी मध्ये हिमालयन रि लाई अनुमति दिने भएको हो ।

बीमा समितिको स्रोतका अनुसार प्राप्त प्रस्तावहरु मध्ये मूल्याँकनका आधारहरुमा उच्चतम अंक प्राप्त गरेका हिमालयन रिलाई सञ्चालनको लागि अनुमति दिने भएको हो ।

नयाँ पुनबीमा सञ्चालनको लागि समितिमा प्रुडेन्सियल रि, काठमाडौं रि, जेन्युइन रि, अन्नपूणर् रि र हिमालयन रि गरी पाँच वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

समितिले गत बैशाख १६ गते २१ दिने सूचना जारी गर्दै थप एक पुनर्बीमा कम्पनीको लागि प्रस्ताव आह्वान गरेको थियो ।

अहिले पुनर्बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी मात्रै सञ्चालनमा छ । नीजि क्षेत्रबाट हिमालयन रि थपिएपछि नेपालमा २ वटा पुनर्बीमा कम्पनी हुनेछ ।

सोमबार, १७ जेठ २०७८, १६ : ४०

प्रतिक्रिया