एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७६र७७ सम्मको संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल काम चुक्ता पुंजी १ अर्ब ९ करोड ६३ लाख ७५ हजार ५ सयको १० प्रतिशतले हुन आउने १० करोड ९६ लाख ३७ हजार ५ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ५७ लाख ७० हजार ३ सय ९७ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रिया