काठमाडौं, सानिमा लाइफ इन्सुरेन्सले जेठ २३ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ । सभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन पारित गर्ने र सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सानिमा लाइफले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरिसकेको छ ।
यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।
यता, कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ । कोरोना संक्रमणको कारण सभा भर्चुअल माध्यमबाट गरिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया