इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक साथै नबिल बैंक र युनाइटेड फाइनान्स मर्जर हुन पाए सैद्धान्तिक सहमति

मंगलबार, १८ जेठ २०७८, १६ : ११

काठमाडौं, नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेका नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकलाई सैद्धान्तिक सहमति दिएको छ ।

सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जानका लागि शैद्धान्तिक सहमति दिने निणर्य गरेको हो । यसका साथै नबिल बैंकमा विलय हुनका लागि युनाइटेड फाइनान्सलाई पनि सैद्धान्तिक सहमति दिने निणर्य बैंक सञ्चालक समितिले गरेको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार माइन्युट भइनसकेकाले औपचारिक रुपमा सोमबारको सञ्चालक समितिको बैठक बाहिर आउन नसकेको हो । उनका अनुसार वाणिज्य बैंकका बिचमा भएको मर्जर प्रकृयालाई तिब्र बनाउन छिटो गरी निणर्य गरिएको हो । यसले अरु वाणिज्य बैंकलाई पनि मर्जरमा जानका लागि प्रोत्साहन मिल्ने स्रोतले बतायो ।

मंगलबार, १८ जेठ २०७८, १६ : ११

प्रतिक्रिया