काठमाडौं - सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्ग'बाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।
जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको हो । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नेछन् ।
ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ ।
प्रतिक्रिया