काठमाडौं - सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनामा साढे २४ अर्ब ७० करोड रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।
बीमा समितिका अनुसार कम्पनीहरुले चालु आवकोे बैशाख मसान्तसम्ममा २४ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । हाल संचालनमा रहेका कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीको तथ्यांक भने समावेश गरिएको छैन ।
जसमध्ये १२ वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि ३ अर्ब १९ करोड रुपैयाँसम्म ७ वटा कम्पनीले ५२ करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म कुल बीमा शुल्क संकलन गरेका छन् ।
चालु आवको १० महिनामा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले र सबैभन्दा थोरै सानिमा जनरल इन्स्योरेन्सले कुल बीमा शुल्क संकलन गरेका छन् ।
बैशाख मसान्तसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब १९ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
प्रतिक्रिया