ताजा समाचार

ऋणीले जेठ मसान्त सम्ममा बक्यौता तिरे १५ प्रतिशत छुट दिदै एनआईसी एशिया लघुवित्त

बुधबार, १९ जेठ २०७८, १३ : ४५

काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । 

लघुवित्तले भाखा नाघेका ऋणी सदस्यहरुलाई यही जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्ममा चुक्ता गरेमा कुल ब्याज रकमको ८५ देखि अधिक १५ प्रतिशत सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । 

संस्थाले गत आर्थिक वर्ष २०७६/७७ मा समेत आफ्ना ग्राहकलाई रु। ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही वर्षमा संस्थाले रु. ९ करोड ३३ लाख २ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो ।
 
गत महिना वैशाख २४ गतेदेखि ३१ गते सम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ वैशाख मसान्तसम्मको सम्पूर्ण भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको बक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १०५ छुट प्रदान योजना लागू गरेको थियो । 

बुधबार, १९ जेठ २०७८, १३ : ४५

प्रतिक्रिया