काठमाडौं, नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा अब जेठ २३ गते आइतबार हुने भएको छ ।
यसअघि जेठ ७ गते बस्ने भनिएको वार्षिक साधारण सभा विशेष कारण बस रद्द गरिएको थियो । सभामा डिप्रोक्स लघुवित्तमा विलय हुने सम्बन्धी भएका सबै कार्यहरुलाई अनुमोदन गर्ने तथा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र संशोधन गर्नुपनेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुनेछ ।
यसअघि जारी गरेको साधारण सभा सम्बन्धी सूचनामा भने नाडेपले हाल कायम रहेको सेयर संरचना परिमार्जन गरी ५१ः४९ बनाउने प्रस्ताव राखेको थियो । तर पछिल्लो पटक सार्वजनिक भएको सूचनामा भने उक्त प्रस्ताव हटाएको छ । सभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौंमा बस्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया