ताजा समाचार

उपत्यकामा वाणिज्य बैंकका ३ शाखा मात्रै खोल्न पाइने

बुधबार, १९ जेठ २०७८, १७ : ०४

काठमाडौं उपत्यकामा वाणिज्य बैंकका ३ शाखा कार्यालय मात्रै खोल्न पाइने भएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै  प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो।

यस्तै, विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय, वित्त कम्पनीको केन्द्रीय कार्यालय र १ वटा शाखा कार्यालय, बीमा समिति तथा बीमा कम्पनीको कर्पोरेट कार्यालय र धितो पत्र बोर्ड खोल्न दिइनेछ।

तर, प्रशासनले आलोपालो गरी न्यूनतम जनशक्ति अर्थात् २० प्रतिशत मात्र प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाई सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने अनुरोध गरेको छ। 
 

बुधबार, १९ जेठ २०७८, १७ : ०४

प्रतिक्रिया