काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र उक्त सेयरमा आवेदन दिन सकिनेछ ।
कम्पनीले जेठ १३ गते, बिहिबादेखि न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० रुपैयाँ अंकित दरका १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले बोलपत्र पेश गर्दा तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । उक्त सेयरमा सर्वसाधारण तथा अन्य जो कोहि योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया